२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

रिब्दिकोट पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा

shivam cement
मध्यान्ह
२०८२ वैशाख २५ गते १५:४०
रिब्दिकोट पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा

तानसेन : पाल्पाको रिब्दिकोट गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष टंकनाथ खनाल, सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले समारोहबीच पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरेका हुन् । 

लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर, खोप समन्वय समितिका अध्यक्ष खनाल र सचिव पोखरेलले गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका र पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणाको प्रमाणपत्र गरे ।

पालिका भित्र १ वर्षमा १९३ जना गर्भवती भएकोमा १९२ जनाले ४ पटक गर्भजाँच गराएको र १९३ जना नै स्वास्थ्य संस्थामा प्रसूति भएको, विगत तीन वर्षदेखि कुनै पनि महिलाले घरमा, बाटोमा नभई स्वास्थ्य संस्थामै सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । 
पाल्पाका १० वटा पालिकामध्ये ५ वटा पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise