२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

भ्यान दुर्घटना हुँदा १७ विद्यार्थी घाइते

shivam cement
मध्यान्ह
२०८२ वैशाख २५ गते १५:५२
भ्यान दुर्घटना हुँदा १७ विद्यार्थी घाइते

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका–२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका–२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरूलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ । 

भ्यानमा २५ जना विद्यार्थी थिए । भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । 
 

ADV

सम्बन्धित खबर

Advertise