२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

क्यान्सर पीडितका लागि सहयोग जुटाउँदै समृद्ध युवा समाज

मध्यान्ह
२०८२ वैशाख २५ गते २१:०४
क्यान्सर पीडितका लागि सहयोग जुटाउँदै समृद्ध युवा समाज

काठमाडौं : ताकु समृद्ध युवा समाज गोरखाले बारपाक सुलिकोट गाउँपालिका–५, थाले स्थायी घर भइ काठमाडौं पुरानो गुह्येश्वरी बस्दै आएकी ४२ वर्षीया रिता पोखरेलको उपचारका लागि सहयोगको जुटाउन सुरू गरेको छ । पोखरेल स्तन क्यान्सरबाट पीडित रहेकी छन् । 

भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारत रिताको स्तनको क्यान्सर, फोक्सो र टाउको समेतमा समस्या देखिएको श्रीमान योग बिलास पोखरेलले बताए । 

बिरामीलाई नियमित किमो चढाइ राख्नुपर्ने हुँदा आर्थिक अभावकै कारण उपचारमा समस्या भएको छ । समृद्ध  युवा  समाजको आह्वानमा अहिलेसम्म १ लाख १ हजार ३ सय ८९ रुपैयाँ श्रीमान योग बिलास पोखरेलको खातामा  जम्मा भइसकेको समाजका महासचिव मधुकर खड्काले जानकारी दिए । बिरामीको उपचार कठिन र खर्चालु हुँदै आएकाले बिरामीको जीवन रक्षाको लागि युवा समाजले सहयोगी मनहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ ।  

समाजका अध्यक्ष राजेन्द्र राइमाझीले स्थानीय स्तरमा र समाजका सदस्यहरुबाट सहयोग जुटाएर बिरामिको उपचारमा सहयोग गरिरहेको बताए । 

सहयोगी दाताहरुले बिमारीको श्रीमान योग बिलास पोखरेलको नेपाल इन्भेस्टमेन्ट मेघा बंैक लि, धुम्बाराहीको खाता नम्बर ०२९०५०८०२५९९३४ मा जम्मा गर्न सकिने बताइएको छ । अथवा फोन नम्बर ९८६१९१७७४०मा पनि सम्पर्क गरेर सहयोग गर्न सकिनेछ । 

ADV

सम्बन्धित खबर