२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २३ गते २१:१७
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रौतहट : आमाको हत्या गरी फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नं. १ पथरा टोलका मनोज साहले ६९ वर्षीया आमा राधा देवी साहको हत्या गरेको आरोप छ । दुई दाजुभाइबीच अंश विवादका कारण मनोजले गत जेठ ५ गते आमा राधा देवीलाई सिलौटोको लोहोरोले टाउको प्रहार गरी हत्या गरेका थिए ।

आमाको हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले खोजीको सूचीमा राखेको थियो । परिवारजन तथा आफन्तको सहयोगमा प्रहरीले फरार प्रतिवादी साहसँग सम्पर्क गरेपछि उनी आइतबार जिल्ला प्रहरी कार्यालयमा आएर हाजिर भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । 

उनलाई कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा कानूनी प्रक्रिया अगाडी बढाइएको उपरिक्षक घिमिरेले बताए ।

ADV

सम्बन्धित खबर

Advertise