२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

shivam cement
मध्यान्ह
२०८२ वैशाख ३१ गते १२:२७
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा उनले साउदी अरबको जुवेल शहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत ४६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए । 

“रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका ४६९ मध्ये २२६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भने, “रोजगारविहीन भएकामध्ये २४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।”

कम्पनी बन्द भएपछि २ महिनादेखि ९ महिनाको तलब पनि नेपाली कामदारले नपाएका बताउँदै उनले तलबका लागि कम्पनीको व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिएको सदनलाई जानकारी गराए ।

“कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ,  बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,” सांसद बर्तौलाले भने, “नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन म सरकारसँग आग्रह गर्छु ।”

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise