२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बाघको आक्रमणबाट तीन जना घाइते

ADV
सपना बोहरा
२०८१ असार २४ गते १३:२१
बाघको आक्रमणबाट तीन जना घाइते

दाङ : दाङमा च्याउ टिप्न वनमा जाँदा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

बाघको आक्रमणबाट तुलसीपुर ९ बेलुवा निवासी ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीता कुमारी भण्डारी, १८ वर्षीया सरिता भण्डारी घाइते भएको
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सीताको ढाड र पेटमा बाघले आक्रमण गरेको छ भने सरिताको दाँया हातमा सामान्य चोट लागेको छ । केसीको दुवै हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise