२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

रौतहटको यमुनामाईमा बालिकाको शव फेला

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २४ गते १६:५६
रौतहटको यमुनामाईमा बालिकाको शव फेला

रौतहट : रौतहटको यमुनामाई गाँउपालिकामा तीन दिनदेखि बेपत्ता एक बालिकाको शव फेला परेको छ । यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी १५ वर्षीया बालिकाको शव फेला परेको बडहर्वा प्रहरी चौकीले जनाएको छ ।

सोमबार बिहान स्थानीयले खोलामा बालिकाको शव देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । मृतक बालिका रौतहटको माधवनारायण नगरपालिका वडा नं ५ का होरिल बैठाकी १५ वर्षीया छोरी फूलमन्ती कुमारी बैठा रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

यता सोमबार बिहानै रौतहटको गरुडा नगरपालिका ५ मह्मदपुरका २२ वर्षीय अनिल यादव घर नजिकैको पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणबाट खटिएको टोलीले उनको खोजी कार्य गरिरहेको छ ।

छारे रोगका बिरामी रहेका यादव बिहान शौचालय गर्न नजिकैको तलाउतर्फ गएको र सो तलाउको किनारमा उनले लगाएको गम्छा भेटिएकाले उनी तलाउमा डुबेको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको हो ।

यसैगरी आइतबार माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौस्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षीय एक पुरुषको शव फेला परेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise