२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

'द भ्वाइस अफ नेपाल' सिजन ६ को डिजिटल अडिसन खुला

shivam cement
२०८१ असार २४ गते १७:२२
Shares
'द भ्वाइस अफ नेपाल' सिजन ६ को डिजिटल अडिसन खुला

काठमाडौँ : ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को घोषणा भएको छ । हिमालय टेलिभिजनले सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ ।

डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ । हिमालय टिभी एपमा पनि भिडियो पठाउन सकिने जनाइएको छ ।

इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्  । १६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर