२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

सिन्डिकेटविरुद्ध हस्ताक्षर नगर्ने म्यानपावर संचालकको खोजी

२०८२ जेठ ७ गते ०६:२५
सिन्डिकेटविरुद्ध हस्ताक्षर नगर्ने म्यानपावर संचालकको खोजी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको सिन्डिकेटविरुद्ध प्रतिबद्धता जाहेर नगर्ने म्यानपावर संचालकको खोजी गरिरहेको छ । हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेट विरोधी आन्दोलनमा उत्रिएका आफ्ना सदस्यहरूलाई गतहप्ता सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको थियो ।

मंगलबारसम्म सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाएका व्यवसायीको नाम केलाउने काम भइरहेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् ।

संघका महासचिव बस्नेतले प्राप्त भएका प्रतिबद्धता पत्रको अध्ययन गरी छुटेका व्यवसायीलाई प्रतिबद्धता जनाउन आग्रह गर्ने र प्रतिबद्धता जनाउन कसैले इन्कारी वा अटेरी गरेमा कम्पनी र संचालकको नाम सार्वजनिक गर्ने योजनाका साथ काम भइरहेको मध्यान्ह दैनिकलाई जानकारी दिए ।

हाल बंगलादेशमा सिन्डिकेटको विरोधमा बंगलादेशका वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । संघले उक्त घटनालाई पनि अध्ययन गरेर सिन्डिकेटको विरोधमा बंगलादेशका व्यवसायीसँग पनि सहकार्य गर्ने बताएको छ ।

ADV

सम्बन्धित खबर