२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १२:२१
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताए । उनले समिति स्पष्ट हुनका लागि विद्युत् प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखापरीक्षकलाई बोलाएर छलफल गर्न माग गरे ।

प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो । कुलमान दोषी भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनले बताए ।

उनले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise