तिब्बत : तिब्बतमा बौद्ध धर्मावलम्बीहरुलाई आफ्नो स्वार्थमा प्रयोग गर्न चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ नीति अबलम्बन गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतका बौद्ध भिक्षु समुदायलाई आफ्नो स्वार्थमा प्रयोग गर्न निगरानी र नियन्त्रण गरिरहेको बताइएको छ । तिब्बतस्थित मानबअधिकारबादी गैरसरकारी संस्था इन्टरनेसनल क्याम्पेन फर तिब्बतले यसबारे पार्टी अभोव बुद्धिजम चाइनाज सर्भेलिएन्स एण्ड कन्ट्रोल अफ टिब्टेन मोनेस्ट्रीज एण्ड ननेरिज शिर्षकमा रिपोर्ट सार्वजनिक गरेको छ ।
उक्त रिपोर्टमा चीन सरकारले नीति परिवर्तन गरि चिनियाँ कम्युनिष्ट वार्टीको स्वार्थमा चल्न बौद्ध भिक्षुहरुलाई दबाब सिर्जना गर्ने उल्लेख छ । यो नीति परिवर्तनले तिब्बतस्थित बौद्ध धार्मिक क्षेत्रमा प्रहरि तथा पार्टीका कार्यकर्ताहरु राखेर बौद्ध भिक्षुहरुमाथि प्रत्यक्ष निगरानी राख्न चिनियाँ कम्युनिष्ट पार्टीलाई अनुमति दिएको छ ।
दलाई लामालाई अपमान गर्न भिक्षुहरुलाई दबाब दिने नीति रहेको पनि रिपोर्टमा उल्लेख छ । चीनले छ दशक भन्दा लामो समययता कब्जा जमाएको तिब्ब्तमा बौद्ध भिक्षुहरुमाथि चीन सरकारले दबाब, नियन्त्रण गर्ने गरेको पाइएको छ ।
तिब्बतको बौद्ध धर्मलाई आफ्नो शासनबिरुद्ध चीन सरकारले खतरा मान्ने गरेको छ, तर पछिल्लो यो रिपोर्टले चीनको नयाँ नीति बौद्ध अस्तित्व र आस्थाका लागि खतरा रहेको उल्लेख गरेको छ । स्रोत सेभ टिबेट
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies