२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

साउदी अरेबियामा आयोजित सांस्कृतिक विविधता दिवसमा नेपाल प्रथम

नेपाली संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय चमक 

Nada
अन्जान गुभाजु
२०८२ जेठ ८ गते ०८:५३
Shares
साउदी अरेबियामा आयोजित सांस्कृतिक विविधता दिवसमा नेपाल प्रथम

साउदी अरेबिया : साउदी अरेबियाको प्रतिष्ठित कम्पनी फ्युचर पाईप ईन्डस्ट्रिज एलएलसी (Future Pipe Industries LLC) ले मे २१ मा संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व सांस्कृतिक विविधता दिवस (World Day for Cultural Diversity for Dialogue and Development) विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।

ncell

दम्मामको दोस्रो औद्योगिक क्षेत्र (सेकेन्ड सनैया) स्थित कम्पनीको सभाहलमा आयोजित कार्यक्रममा नेपाल, भारत, साउदी अरेबिया, बंगलादेश, पाकिस्तान, लेबनान र फिलिपिन्सका संस्कृति, परिधान, खाना र परम्परागत प्रस्तुतीहरू समेटिएको बहुसांस्कृतिक प्रस्तुति भएको थियो ।

यस प्रतियोगितामा नेपालले प्रथम स्थान प्राप्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुनः एकपटक नेपाली संस्कृति र प्रतिभाको उज्यालो प्रदर्शन गर्न सफल भएको छ । दोस्रो स्थान भारतले र तेस्रो स्थान बंगलादेशले हासिल गरेका छन् ।

नेपालको तर्फबाट भरत पौडेलको नेतृत्वमा प्रस्तुति दिइएको थियो । पौडेलले छोटो समयमा टिमवर्क र एकताका साथ उत्कृष्ट प्रस्तुति दिन सकेकोमा खुसी व्यक्त गर्दै भने, “हाम्रो मेहनतले मात्र होइन, नेपाली संस्कृतिको मौलिकता र आत्मियताले पनि निर्णायकलाई प्रभावित गर्‍यो ।”

कार्यक्रममा सहभागी देशहरूका राष्टिय पोषाक, खानाका परिकारहरू प्रस्तुत गरिएको थियो, जसबाट कम्पनीमा कार्यरत विविध देशका कामदारहरूको संस्कृति र आपसी सम्मान झल्किएको थियो ।

कम्पनीले विजेता टोलिहरूलाई नगद पुरस्कार प्रदान गर्दै कर्मचारीबीचको भाइचारा र सांस्कृतिक समझदारीलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २००२ देखि सुरु गरेको यो दिवसले विभिन्न संस्कृतिहरूबीच संवाद, समझदारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्य बोकेको छ । फ्युचर पाईप कम्पनीको यो प्रयास प्रवासी कामदारहरूबीचको एकता र सकारात्मक कार्य वातावरण निर्माणतर्फ उदाहरणीय कदम मानिएको छ ।

ताजा खबर

सम्बन्धित खबर