काठमाडौं : कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतको परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री अली सुलेमान अल सईदबीच द्विपक्षीय हित तथा कामदारहरुको हितका विषयमा छलफल भएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार बुधबार भएको भेटमा नेपालीहरूको रोजगारीको सुरक्षा, रोजगारीका थप सम्भावना र यसको क्षेत्र विस्तार लगायत नेपाल र कुवेतबीचका दुईपक्षीय सम्बन्धको अभिवृद्धि तथा आपसी हितका विषयमा कुराकानी भएको जनाएको छ ।
त्यसैगरी कोरोना भाइरस (कोभिड–१९) को महामारीले उत्पन्न गराएका स्वास्थ्य समस्या रत्यसको समाधानका विषयमा छलफल भएको पनि दूतावासले जनाएको छ । भेटमा कुवेतस्थित नेपाली राजदूतावासका कर्मचारी र कुवेती परराष्ट्र मन्त्रालयका कर्मचारी को पनि उपस्थिति रहेको दूतावासले उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies