२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ : सञ्चारमन्त्री गुरुङ

G Motors
मध्यान्ह
२०८२ जेठ ८ गते १५:३०
राजावादीहरुको आन्दोलनमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधन विरोधी काम भएको उल्लेख गरे । उनले अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए । आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभइ उदारता भएको र कमजोरी नठान्न उनले चेतावनी दिए । उनले संविधान र जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैं छुट दिन नसकिने बताए । 

मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ त्यहीअनुसार सरकार अघि बढ्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise