२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

'मिडिया बचाऔं अभियान' सम्पन्न, ७ बुँदे मागसहित ११ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाइयो

मध्यान्ह
२०८२ जेठ ८ गते १७:०५
'मिडिया बचाऔं अभियान' सम्पन्न, ७ बुँदे मागसहित ११ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाइयो

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सञ्चार तथा पत्रकारिता क्षेत्रप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै 'मिडिया बचाऔं अभियान' सम्पन्न गरेको छ । शाखाले काठमाडौं जिल्लाका सबै ११ वटै पालिकामा पुगेर आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटमा मिडिया क्षेत्रका विषय समावेश गर्न सात बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

बैशाख २५ गते नार्गाजुन नगरपालिकाबाट सुरु भएको यो अभियान काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोललाई ध्यानाकर्षण पत्र बुझाएसँगै जेठ ६ गते सम्पन्न भएको हो । अभियानको नेतृत्व शाखा अध्यक्ष शोभा अर्यालले गरेकी थिइन् ।

No description available.

शाखाले पत्रकारहरूको हकहित, मिडियाको संरक्षण र स्थानीय तहहरू मिडिया प्रतिन उत्तरदायी बनाउनुपर्ने विषयमा जोड दिएको छ । विशेषगरी ऐतिहासिक महत्व बोकेको प्रिन्ट मिडिया संकटमा परिरहेको वर्तमान अवस्थामा यो अभियान फलदायी र सकारात्मक पहलको रूपमा हेरिएको छ ।

शाखाले स्थानीय सरकारसँग सहकार्यमा रहेर मिडिया क्षेत्रको संरक्षण र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ ।

काठमाडौं जिल्ला शाखा प्रायः साना लगानीमा सञ्चालित स्वरोजगारमुखी छापा मिडियाहरूको बाहुल्यता भएको शाखा हो । यसले खासगरी प्रिन्ट मिडियाका एजेन्डा तय गर्ने दिशामा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा २०४९ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै पत्रकारिता क्षेत्रको सुदृढीकरण, हकहित र पैरवीमा सक्रिय शाखामा हाल १,१०० भन्दा बढी पत्रकार आबद्ध छन् ।

ध्यानाकर्षण पत्रका सात बुँदे माग

१. काठमाडौं शाखामा देशभरकै सबैभन्दा धेरै स्वरोजगारमुखी मिडिया आवद्ध रहेका कारण, तिनीहरूको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति निर्माण गर्नुपर्ने ।

२. लोमिडिया विकासका लागि पालिकाले लोककल्याणकारी विज्ञापन र फेलोसिपको व्यवस्था गर्नुपर्ने ।

३. ऐतिहासिक योगदान दिएका साप्ताहिक, पाक्षिक, मासिक र मध्यम खालका दैनिक छापा माध्यमको संरक्षण तथा न्यु मिडियाको प्रवर्द्धनका लागि विशेष योजना ल्याउन आग्रह ।

४. पत्रकारहरूको सीप र दक्षता अभिवृद्धिका लागि तालिम, गोष्ठी र सेमिनार गर्न वार्षिक कम्तीमा १० लाख बजेटको व्यवस्था गर्नुपर्ने ।

५. लोककल्याणकारी विज्ञापन तथा सूचना सन्देश विभिन्न भाषाभाषी, महिला, दलित, आदिवासी, जनजातिहरू प्रकाशित गर्ने मिडियालाई प्राथमिकता दिँदै समावेशी रूपमा वितरण गर्नुपर्ने ।

६. स्थानीय तहका मिडिया नीति तथा कानुन संविधानको भावना अनुसार मिडियामैत्री रूपमा निर्माण गर्नुपर्ने ।

७. पालिकाले पत्रकार महासंघ काठमाडौं शाखासँग सहकार्यमा काम गर्नुपर्ने ।

ADV

सम्बन्धित खबर