२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

प्रचण्डलाई तस्बिर उपहार

बालाराम शेर्पाली
२०८२ जेठ ८ गते २१:४९
प्रचण्डलाई तस्बिर उपहार

रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ की एक किशोरीले आफ्नै मेहनतले बनाएको तस्बिर पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेकी छन् । 

प्रचण्ड रुकुमपूर्व आएको बेला उनले बुबामार्फत उक्त तस्बिर उपहार दिएकी हुन् । उमेरले १३ वर्ष पुगेकी  एन्जिला बुढामगरले प्रचण्ड रुकुमपूर्व आउँदैछन् भन्ने जानकारी पाए पश्चात्  कलात्मक शैलीमा प्रचण्डको तस्बिर कोरेकी थिइन् । 

‘जनतासँग माओवादी’ अभियानअन्तर्गत प्रचण्ड रुकुमपूर्व आउँदा उनलाई भेट्ने चाहना भएपनि एन्जिला त्यो दिन प्रचण्डलाई भेट्न सकिनन् ।  

तर उनको कलालाई भने रोकिएन । बिहीबार भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजित कार्यक्रममा एन्जिलाका बुबा गोवर्धन बुढामगरले उक्त तस्बिर प्रचण्डलाई हस्तान्तरण गरे ।

तस्बिर प्राप्त भएपछि प्रचण्डले बाल प्रतिभाप्रति खुसी व्यक्त गरे । उनले आफ्नो फोटो हेर्दै  गोवर्धनमार्फत छोरी एन्जिलालाई धन्यवाद दिए ।

ADV

सम्बन्धित खबर