२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

मध्यान्ह
२०८२ जेठ ९ गते ०९:५८
भोजपुरको कोटमा प्रसूति भवन निर्माण

भोजपुर : टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ । 

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार संघीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो । 

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा  बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अन्त्य हुने  वडा सदस्य प्रेमकुमारी श्रेष्ठले बताइन् । 

ADV

सम्बन्धित खबर