रुकुमपूर्व : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, बोहोरागाउँमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको छ ।
बिहीबार राति लघुजलविद्युत् मर्मतका लागि टोलीसहित गएका खड्कालाई पोलमै करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार सोलाबाङ लघुजलविद्युत्को लाइनमा काम गर्ने क्रममा करेन्ट लागेको थियो ।
घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उनलाई पोलबाट झारिएकाे थियाे । मृतक खड्काकाे शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि सल्ले अस्पताल लगिएकाे छ ।