२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

Nada
२०८२ जेठ ९ गते ११:४६
Shares
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौँ : नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

ncell

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा अनलाइनबाट सम्पन्न हुने छ ।

यसले आवास र सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने कोषले विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर