काठमाडौं : मलेसियाले कामदारको तलब अनलाइन मार्फत दिनुपर्ने नयाँ व्यवस्था लागू गर्न लागेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले रोजगारदाताले करार अनुसार कामदारहरुलाई तलब सुविधा दिए नदिएको एकिन गर्न ई–वेज सिष्टम लागू गर्ने अन्तिम तयारीमा रहेको बताएको छ ।
मन्त्रालयले लागू गर्ने ई–वेज सिष्टम स्थानीय तथा विदेशी दुबै प्रकारका कामदारहरुको हकमा समानरुपमा लागू गरिने बताइएको छ । मलेसियामा प्रत्येक महिनाको ७ तारेखसम्म कामदारहरुलाई रोजगारदाताहरुले तलब तथा अन्य सेवा सुविधा दिनुपर्ने कानूनी व्यवस्था भएपनि ढिलो भुक्तानी गर्ने गरेको गुनासो व्यापकरुपमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
केही कम्पनीमा समयमा तलब नपाएको भन्दै मजदुरहरु प्रदर्शनमा उत्रिएपछि त्यसको समाधान गर्ने ई–वेज सिष्टम लागू गर्ने अन्तिम तयारी भइरहेको मानव संशाधन मन्त्री एम साराभाननले बताए ।
मलेसियामा तोकिएको तलब सुविधा नपाएमा स्वदेशी तथा आप्रवासी कामदारले शुरुमा गृहमन्त्रालयमा उजुरी दिने र पछि त्यसलाई मानव संशाधन मन्त्रालयले संबोधन गर्ने गरिएको छ । ई–वेज सिष्टम लागू भएपछि गृहमन्त्रालयबाट सिकायत आउनु अघि नै कामदारको समस्या समाधान गरिने मन्त्री साराभननले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies