२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

कान्तिलोकपथ सडक अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ जेठ १० गते ०८:२६
कान्तिलोकपथ सडक अवरुद्ध

बागमती, : हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको उनले बताए ।

कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।

ADV

सम्बन्धित खबर

Advertise