२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

shivam cement
२०८२ जेठ ११ गते ०९:५७
Shares
खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान

तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुर गरी दुई जिल्लाका ५५ वटा खानेपानी उपभोक्ता संस्थालाई विद्युत् महसुलमा अनुदान दिइएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को जेठदेखि चालु आवको पुससम्म रु ५५ लाख ३८ हजार ९०० रकम वितरण गरेको हो । 

चालु आवको माघदेखि वैशाखसम्मको महसुल यथाशीघ्र भुक्तानी गरिने छ भने जेठ र असार दुई महिनाको आगामी आवमा भुक्तानी गरिने सो कार्यालयले जनाएको छ । 

तनहुँमा रु. ३८ लाख ५९ हजार ७०० र नवलपुरमा रु. १६ लाख ७९ हजार २०० गरी उक्त रकम वितरण गरिसकिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । उनका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष रु. १५ हजार रहेकामा यस वर्ष वृद्धि गरी रु. २५ हजार पुर्‍याइएको छ भने ठूला उपभोक्ता समितिका लागि प्रतिशतका आधारमा भुक्तानी दिने गरिएको छ । 

“गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो”, प्रमुख खनालले भने, “उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको हो ।” उनका अनुसार रु. २५ हजारसम्मको विद्युत् महसुलमा पूरै भुक्तानी र सोभन्दा माथिको महसुलमा प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको छ । 

उनले रु. २५ हजारदेखि ४० हजारसम्म ७५ प्रतिशत, रु. ४० हजारदेखि ६० हजारसम्म ५० प्रतिशत, रु. ६० हजारदेखि ८० हजारसम्म २५ प्रतिशत र रु. ८० हजारदेखि रु. एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी गरिएको जानकारी दिए । 

“उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल पेस गरेको हुनुपर्नेछ”, उनले भने, “छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि यस कार्यालयमा सिफारिस पेस गर्नुपर्ने हुन्छ ।” 

ताजा खबर

सम्बन्धित खबर