काठमाडौं : गायिका मिना राई र गायक आङगेलु शेर्पाको ‘के साह्रो राम्री चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्षको कोसेली स्वरुप आफ्ना दर्शक, श्रोताका लागि गायिका राई र गायक शेर्पाले नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गीत गायिका राईको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । मिना राईको शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय रहेको छ । अनिल कोय राईको निर्देशन रहेको यसमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेनजर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको छ ।
पुर्वेली मारुणी सेलो भाकामा आधारित रहेकोले यसलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई मन पाराए जस्तो ‘के साह्रो राम्री चोलीमा’लाई पनि मनपराउनेमा गायिका राई विश्वस्त छिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies