२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

मध्यान्ह
२०८२ जेठ ११ गते १५:३२
हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

काठमाडौं : चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा कानुनी प्रावधानहरुका बारेमा तालिम दिएको हो । 

कार्यक्रम कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शम्भुप्रसाद मालीका अनुसार बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको सहयोगमा प्रशिक्षण दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टर कार्यालय प्रमुख शान्ताबहादुर मगर पर्यटन क्षेत्रको सकारात्मक सन्देश प्रवाह गर्न माहुतेको भूमिका महत्वपूर्ण हुने भएकाले सफारीमा चढेका पर्यटकलाई राम्रो व्यवहार गर्नुपर्ने बताउँछन् । हात्ती सफारी गर्दा निकुञ्जको कानुन र हात्तीको स्वास्थ्यमा ख्याल गर्न माहुतेलाई उनले आग्रह गरे ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बीपी चौधरीले चितवनको सफारी पर्यटनमा हात्ती र माहुते दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । सफारी पर्यटनकै कारण सामुदायिक वनको आम्दानी उल्लेख्य रहेको भन्दै उनले आम्दानीको अधिकांश हिस्सा संरक्षणमा खर्च गर्दै आएको जानकारी दिए ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले अधिकारका कुरा उठाएर सौराहाको सफारी पर्यटन कमजोर बनाउन खोजिएको भन्दै यसतर्फ व्यवसायीहरु सचेत रहेको बताए । चितवनको पर्यटन जोगाउन व्यवसायीले हात्ती पालेको भन्दै उनले सफारी पर्यटनको विकासका लागि हात्ती र माहुतेको भूमिका प्रशंसायोग्य रहेको भनाइ राखे ।

भेटेरिनरी डा. अमिर सडौलाले हात्ती सफारीमा पाहुनासँग गर्ने व्यवहार, लैङ्गिक समानता, हात्ती र मानिसमा सर्न सक्ने रोग तथा भेटेरिनरी प्राविधिक किरणराज रिजालले स्वस्थ हात्ती र अस्वस्थ हात्तीको पहिचानका बारेमा प्रशिक्षण दिएका थियो । प्रशिक्षणमा ६० जनाको सहभागिता थियो ।

ADV

सम्बन्धित खबर