२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

तमु समाज कतारको महिला विभागद्वारा दाजुभाइ भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ ११ गते २०:०८
तमु समाज कतारको महिला विभागद्वारा दाजुभाइ भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

दोहा, कतार : तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित महिला विभागले वैशाख पूर्णिमाको अवसरमा आयोजना गरेको दाजुभाइ भेटघाट, तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तमुहरूको महत्त्वपूर्ण पर्व वैशाख पूर्णिमाको शुभ अवसरमा आयोजित उक्त कार्यक्रम विभागकी महिला संयोजक तिलमाया गुरुङको सभापतित्व तथा तमु समाजका अध्यक्ष चन्द्र प्रकाश गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा चेलीबेटीमार्फत समाजका दाजुभाइहरूलाई गलबन्दी ओढाएर सम्मान गरिएको थियो भने प्रमुख अतिथि सहित समाजका संरक्षकहरू, सल्लाहकार तथा विशिष्ट व्यक्तिहरूलाई केग्रीद्वारा सम्मान गरिएको थियो । समाजमा आबद्ध एक दर्जनभन्दा बढी कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए भने साहित्यकार पूर्ण कान्छा गुरुङले आमा शीर्षकमा कविता वाचन गरे भने बिरानो देशमा चेली एक्लो हुन नपरोस् भन्ने मुक्तक तेज गुरुङले पेस गरे ।

हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा माइती चेलीहरूको भेटघाट र सम्मान किन र कसरी गरिन्छ भन्ने विषयमा निर्देशक सल्लाहकार टौमाया गुरुङले प्रष्ट पारिन् । कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य राख्दै माइती र चेलीहरूको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले मनाइने यो पर्वले फरक सन्देश दिएको बताए । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गुरुङले प्रदेशको भूमिमा चेलीहरूले दिएको माया र सम्मानले थप प्रोत्साहन र आत्मबल मिलेको बताए ।

रोजिना गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभापति तिलमायाले तमुहरूको परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा पनि माइतीहरुलाई सम्मान गर्न पाउँदा आफू हर्षित भएको बताउँदै आभार व्यक्त गरिन् । शुक्रबार फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रमलाई तारा गुरुङ, रश्मि गुरुङ र धन गुरुङले मिलेर आलोपालो गर्दै सहजीकरण गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise