२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

कार्यविधिअनुसार तालिम नदिने संस्थाहरूलाई कारबाहीको चेतावनी

Nada
२०८२ जेठ १२ गते ०६:१५
Shares
कार्यविधिअनुसार तालिम नदिने संस्थाहरूलाई कारबाहीको चेतावनी

काठमाडौं : वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसारको तालिम नदिएको भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाहीको चेतावनी दिएको छ । 

ncell

विभागले एक सूचना जारी गर्दै कार्यविधि अनुसारको तालिम प्रदान नगर्ने संस्थाहरूलाई टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ । हाल विभागमा १४३ अभिमुखीकरण संस्था सूचीकरण रहेका छन्, त्यसमध्ये १०८ संस्थाले कार्यविधिले तोकेअनुसारको भौतिक संरचना र मापदण्डअनुसारको तालिम कक्ष निर्माण गरेका छन् ।

विभागले कार्यविधिअनुसारको तालिम प्रदान नगर्दा वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको जोखिम बढाउने भन्दै कार्यविधिको दफा २० अनुसार अनुसूची ११ बमोजिमको चेकलिष्ट अनुसारका सबै कक्षामा अनिवार्यरूपमा सबै प्रशिक्षार्थी राखेर तालिम सञ्चालन गर्न पनि निर्देशन दिएको छ । कार्यविधि पालना नगर्ने संस्थालाई कारबाही गरिने पनि विभागको चेतावनी छ ।

ताजा खबर

सम्बन्धित खबर