२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

डोल्पाली कृषकलाई मार्सी धान रोप्ने चटारो

Nada
पूर्ण सार्की
२०८२ जेठ १२ गते १३:१७
Shares
डोल्पाली कृषकलाई मार्सी धान रोप्ने चटारो

डोल्पा : हिमाली जिल्ला डोल्पामा धान रोपाइँ सुरु भएको छ । डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगायतका बस्तीहरूमा धान रोपाइँ गरिँदै आएको छ।

ncell

जिल्लाको अधिकाशं भुगोल भिरालो एवं सिँचाइ सुविधाविहीन भएकाले सीमित क्षेत्रमा मात्रै धान रोपाइँ गर्ने गरिन्छ । जिल्लाको अधिकांश भूगोलमा कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ ।

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने चटारोसँगै डोल्पाली कृषहरूलाई यतिबेला धान रोपाइँको चटारो पनि छ । धान रोपाइँको सिजन सुरु भएसँगै डोल्पाका फाँटीला ज्युलाहरू खेतालाहरूले भरिभराउ भएका छन् । "रोप, रोप रोप्नेरीऔ असारमा गोडौली, आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली" यसरी गीत गाउँदै धान रोपाइँ गर्छन् कृषकहरु ।

परम्परागत बालीको रुपमा चिनिने धान रोप्न धेरै खर्चिलो हुने कृषहरू बताउँछन् । यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाइँ सुरु हुने भएकाले खेताला नपाएर समस्या हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का रवि प्रसाद न्यौपानेले बताए । यस समयमा मान्छेहरू सबै यार्सागुम्बा टिप्न यार्सा पाटन जाने भएकाले पनि काम गर्ने मान्छे पाउन समस्या भएको हो ।

जेठदेखि असारसम्मको समयमा सबै यार्सापाटनतिरै आम्दानी गर्न जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन सात सयदेखि एक हजारसम्म ज्याला तिर्नुपर्ने न्यौपानेले बताए ।
डोल्पामा रातो, औंलेमार्सी, कालीमार्सी लगायतका प्रजातिका धान रोप्ने गरिन्छ ।

प्रतिष्ठित व्यक्तिहरूको रोजाइमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका शहरमा माग हुने गरेको छ । प्रतिकिलो ३०० सम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरूलाई दिइने नासोको रुममा समेत प्रयोग गर्ने गरिन्छ ।

तर डोल्पाका अधिकांश भुगोलमा बलौटे र पत्थरीलो माटोयुक्त भएकाले धान उत्पादन राम्रो नहुने स्थानीय बताउँछन् । डोल्पाको माटो स्याउ, ओखर, आरु, कागतीलगायतका फलफूल उत्पादनका लागि उपयुक्त मानिन्छ ।

डोल्पामा जेठमा रोपिएको धान असोज महिनामा भित्र्याउने गरिन्छ । धान रोपाइँको अवसरमा बाजागाजासहित रोपार्नीहरूले चुट्कीला मागलहरू गाँउदै एकआपसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन पनि रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर