२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ

Nada
२०८२ जेठ १२ गते १६:२३
Shares
कैलाली भन्सार प्रमुखमाथि कुटपिट : नगर प्रहरी प्रमुखसहित चार पक्राउ

कैलाली : कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

ncell

पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हबल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

प्रनाउ सिंहका अनुसार यही जेठ १० गते राति अन्दाजी ८ बजेको समयमा त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमान्डमा खटिगएको टोलीले भन्सार कार्यालयको हाताभित्र आई अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न निज व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर