२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

निजामती सेवामा मात्रै होइन, सबैलाई कुलिङ पिरियड लगाउनुपर्नेमा जोड

मध्यान्ह
२०८२ जेठ १२ गते २१:३८
निजामती सेवामा मात्रै होइन, सबैलाई कुलिङ पिरियड लगाउनुपर्नेमा जोड

काठमाडौं : निजामती सेवामा मात्रै नभइ सबैलाई कुलिङ पिरियड लगाउनुपर्नेमा प्रशासकहरुले जोड दिएका छन् ।

जनसरोकारसँग जोडिएका विषयमा निरन्तर कार्यक्रम गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानमा क्रियाशिल तराई विकास तथा संचार केन्द्र नेपालले सोमबार आयोजना गरेको ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयक कार्यक्रममा बोल्दै प्रशासकहरुले यस्तो धारणा राखेका हुन् ।

अहिले सर्वाधिक चासो राखिएको स्थानीय, प्रदेश र संघसँग अन्तरसम्बन्धित विषयमा प्रशिक्षणमूलक ढंगले आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा.दामोदर रेग्मी, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा लगायतका पूर्वप्रशासकले कार्यपत्र प्रस्तुतसहितको प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा कानून मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल बार एशोसिएशनका अध्यक्ष बिजयप्रसाद मिश्रसहित पूर्व सचिव डाक्टर योगेन्द्र कुमार कार्की, लक्ष्मीराम पौडेललगायतले समसामयिक विषयमा धारणा राख्दै कार्यपत्रमाथि  टिप्पणी गरेका थिए । 

No description available.

‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी  तथा निजामती सेवाका समसामयिक सवालहरु’ विषयमा भएको कार्यक्रममा समग्र प्रशासन क्षेत्र सुधारका धारणा आएका थिए भने बजारमा सर्वाधिक चासो रहेको कुलिङ पिरियड भने आवश्यक रहेको भएपनि एउटा क्षेत्रलाई रोक्न छेक्न ल्याउनुभन्दा सबैको हकमा लागु हुने गरी ल्याउनुनै उत्तम रहेको बताइएको छ । 

कार्यक्रममा कानुन सचिव सापकोटाले भने, ‘आफ्ना कुरा राख्न पाइन्छ । निजामती कर्मचारीको नेतृत्व गर्ने सचिवहरुले पनि त्यसै गरेका हुन् । कुरा उठेको छ । हाम्रा कतिपय विषय छलफलकै क्रममा छन् । विषयलाई अतिरन्जित गरियो । न्यायको नजरमा सबै बराबर हुन्छन् ।’

बारका अध्यक्ष मिश्रले सरकारले ल्याउने यो मापदण्डहरु सबैलाई न्याय हुनेगरी आउनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा पूर्वसचिव लक्ष्मीराम पौडेल र डाक्टर योगेन्द्र कुमार कार्कीले भने, ‘क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने हुन्छ । हामीसँग क्षमता मापन गर्ने के छ ?’

विदेशमा समेत सबैको हकमा कुलिङ पिरेड हुन्छ, तर सबैलाई बराबर गरेर हेरिने पूर्व सचिवद्वयको धारणा थियो । 

कार्यपत्रमा धारणा राख्दै सम्पादक पण्डित र पौडेलले समग्र सुधारका विषयमा  आ–आफ्ना धारणा राखेका थिए । आयोजक संस्थाका तर्फबाट नवनिर्वाचित नेपाल बारका अध्यक्ष मिश्रलाई बधाई समेत  दिइएको थियो ।

ADV

सम्बन्धित खबर