सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : पाल्पा कारागारको शौचालयमा झुण्डिएर एक कैदीबन्दीले आत्महत्या गरेका छन् । स्याङ्गजाको भिरकोट नगरपालिका वडा नं ७ का ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागार प्रमुख भक्तिसरा रानाले बताए ।
विसं २०७६ जेठमा स्याङजा कारागारमा परेका गुरुङ माघमा पाल्पा कारागारमा ल्याइएको बताइएको छ । उनी चोरी मुद्दामा पाँच वर्षको लागि कारागारको सजाय भोग्दै आएका थिए । घटनाबारे सोमबार बिहान सार्वजनिक भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies