सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा करिब ६ लाख १४ हजार ८ सय ५ रुपयाँ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सशस्त्र प्रहरीको मोबाईल गस्ती टोलीले बिशेष सुराकीको आधारमा सरावल गाउँपालिका वडा नं. १ बासामा भारतबाट अबैधरुपमा भन्सारी छली लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडाहरु(थानको कपडा– ४० थान, सर्टको थान कपडा ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५०पिस, कुर्ता सुरुवाल ३१ पिस, साडि ९ पिस) बरामद गरी आवश्यक कारवाहिको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम उक्त गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।
पेस्तोलसहित पक्राउ
नवलपरासी (पश्चिम) प्रहरीले १ थान पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली सहित एक जना मानिसलाई भारतिय सिमावर्ती एरियाबाट पक्राउ गरेको छ । सुस्ता गाँउपालिका वडा नं. ५ रामनगर (४ नं. ठोक्कर) भारत तर्फबाट नेपालतर्फ आउँदै गरेको भारतिय नं. प्लेट यूपी ५७ एजेड ५०१९ नंम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक नवलपरासी सुस्ता गाउँपालिका वडा नं. ५ तरेनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाललाई पक्राउ गरिएको हो ।
उनको साथबाट १ राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । उक्त पेस्तोल, गोली र स पाललाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies