२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्छ : नेता डा. कोइराला

Nada
२०८२ जेठ १३ गते १५:११
Shares
हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्छ : नेता डा. कोइराला

मोरङ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैंगिक समानता कायम हुनुपर्ने बताएका छन् ।

ncell

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैंगिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक दलले लैंगिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा भेदभाव भएकाले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउनुपर्ने बताए । उनले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनुपर्ने विगतदेखि आफूले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकलको हकहितमा युनियनले उठाएको माग पूरा हुने विश्वास व्यक्त गरे । 

कांग्रेस केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैंगिक समानता कायम गर्नुपर्ने सुझाव दिए ।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, कांग्रेस मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिए ।

सम्बन्धित खबर