२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

Nada
२०८२ जेठ १४ गते ०९:४७
Shares
पहिरोले राप्ती राजमार्ग अवरुद्ध

दाङ : राप्ती लोक मार्गअन्तर्गत दाङ-सल्यान खण्ड अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका-३ स्थित चोर खोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ ।

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट-लामिडाँडा तथा कपुरकोट-पाखा पानी-सात बास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

सम्बन्धित खबर