२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

बुटवलमा एकै परिवारका ३ जनाको हत्या

मध्यान्ह
२०८२ जेठ १४ गते ११:२१
बुटवलमा एकै परिवारका ३ जनाको हत्या

रूपन्देही : रूपन्देहीको बुटवल उपमहानगरपालिका– ११ होराइजनचोकस्थित मिलीजुली पथमा बुधबार बिहानै एक महिलासहित दुई बालिकाको हत्या भएको छ ।

रूपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार पूर्वश्रीमान सुजन कोइरालाले पूर्वपत्नी दीपा बस्याल र दुई छोरीहरू स्नेहा र हिमानीको हत्या गरेका हुन् ।

कोइरालाले चक्कु र हम्मर प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ । सुजन र दीपाबीच केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । हत्यामा संलग्न सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर