काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको छ ।
आज बिहान प्रधानमन्त्रीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।
गृहमन्त्री लेखकको राजीनामाको माग राखी विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन् ।