२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

Nada
२०८२ जेठ १४ गते १२:०३
Shares
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान

काठमाडौं : यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । 

ncell

महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको  भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए ।

यही जेठ १३ गते भारतको आसामका केही भाग तथा भुटान र बंगलादेशको पूर्वी भागसम्म मनसुनको आगमन भइसकेको तथा भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम विश्लेषणका आधारमा जेठ १७ सम्ममा त्यो नेपाल भित्रिसक्ने उनले बताए । यो वर्ष वार्षिक सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ । 

सम्बन्धित खबर