२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

shivam cement
२०८२ जेठ १४ गते १६:३१
Shares
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै विपक्षी दलहरुले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

आज दिउँसो बसेको बैठक पनि विपक्षी दलहरुले गृहमन्त्री लेखकको राजीनामा माग्दै अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । 

विपक्षीसँग सहमति हुन नसक्दा बैठक फेरि बस्न सकेन ।

ताजा खबर

सम्बन्धित खबर