२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गुल्मी सेवा समाज कतारको दशौं साधारणसभाको तयारी अन्तिम चरणमा

Nada
तिलु शर्मा पौडेल
२०८२ जेठ १४ गते २१:१४
Shares
गुल्मी सेवा समाज कतारको दशौं साधारणसभाको तयारी अन्तिम चरणमा

दोहा कतार : लुम्बिनी प्रदेशभित्रका सुन्दर जिल्लाहरू मध्यको जिल्ला हो गुल्मी । गुल्मीबाट वैदेशिक रोजगार तथा व्यवसायको सिलसिलामा कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारको दशौं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार ३० तारिक अलत्तियामा रहेको  फूलबारी  रेस्टुरेन्टको सभा हलमा दिउँसो ३ बजेबाट सुरु हुने सभाको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको समाजले जनाएको छ ।

ncell

साधारणसभालाई भव्य तथा सभ्यरूपमा सफल पार्न कतारवासी गुल्मेलीहरूलाई समाजले आग्रह गरेको छ । सभालाई लक्षित गर्दै समाजले साधारण तथा आजीवन सदस्यता समेत खुला गरेको अध्यक्ष कमल अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए । सदस्यता लिन चाहने व्यक्तिहरूले कतारी परिचय पत्रको फोटोकपी र अटो साइजको फोटो २ प्रति लिएर सभाको खुला सत्रसम्म सचिवालयमा सम्पर्क गरेर लिने सकिने व्यवस्था मिलाइएको अर्यालले बताए ।

साधारणसभामार्फत नवौं कार्यकाल तथा समाजले सञ्चालन गरेका विभिन्न अभियानलाई सफल बनाउन सहयोग गर्ने सामाजिक व्यक्तित्वहरू, सिंगो कार्यसमिति, संस्थाका संरक्षक, सल्लाहकारहरू,  पत्रकारहरू सहित थुप्रैलाई सम्मान गर्ने कार्यतालिका रहेको समाजका सचिव दर्शन सुनारले जानकारी दिए । सन् २००३ मा कतारमा स्थापित समाजले कतारसहित जिल्लामा समेत अग्रस्थानमा रहेर कार्य सम्पादन गर्दै आइरहेको छ ।

सम्बन्धित खबर