२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

विद्यालयको रकम हिनामिना भएको आरोप

Nada
कृष्ण तिवारी
२०८२ जेठ १४ गते २२:२५
Shares
विद्यालयको रकम हिनामिना भएको आरोप

रौतहट : रौतहट जिल्लाको कटहरिया नगरपालिका–६ फत्तेहपुरमा अवस्थित श्री आधारभूत विद्यालयमा करिब १५ लाख रुपैयाँ बराबरको रकम हिनामिनाको आरोप लागेको छ।

ncell

वडाध्यक्ष जयराम चौधरीका अनुसार विद्यालयमा पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति, मसलन्द लगायतका विभिन्न शीर्षकमा प्राप्त रकम हिनामिना गरिएको छ । उनका अनुसार विद्यालयका प्रधानाध्यापक अच्छेलाल यादवले ३ वर्षअघि एक शिक्षकलाई मिलेमतोमा ४ लाख रुपैयाँ पेश्की दिएको र अहिलेसम्म कुनै लेखा–जोखा नगरेको खुलासा भएको छ ।

त्यस्तै, यादव स्वयंले पनि ३ लाख रुपैयाँ पेश्कीको रूपमा लिएको र हालसम्म रकम फिर्ता नगरेको स्थानीय समाजसेवी अन्जित कुशवाहाले बताए । विद्यालयका हिसाब माग्दा यादवले बारम्बार टार्ने र जवाफ दिन आनाकानी गर्ने गरेको स्थानीय सञ्जय साहको भनाइ छ ।

यादवले विद्यालयको कवाडी सामग्री बिक्रीबाट उठेको झन्डै १० हजार रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरेको पनि पाइएको छ । उनले सो खर्च विद्यालय व्यवस्थापन समिति वा अन्य सरोकारवालालाई जानकारी नदिईकन गरेका थिए, स्थानीय रौशन कुमारले जानकारी दिए ।

बुधबार विद्यालयमा आयोजित शिक्षक–अभिभावक भेलामा पनि प्रधानाध्यापक यादवले विभिन्न शीर्षकमा प्राप्त रकम व्यक्तिगत प्रयोजनमा खर्च गरेको बताइएको छ ।

यस घटनापछि आक्रोशित स्थानीयबासीहरूले प्रधानाध्यापक यादवलाई तत्काल कारबाही गरी विद्यालयबाट हटाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

सम्बन्धित खबर