२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

‘समाजवादी शक्तिहरूलाई एकजुट बनाउँदै सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढौँ’

shivam cement
२०८२ जेठ १५ गते ०९:४८
Shares
‘समाजवादी शक्तिहरूलाई एकजुट बनाउँदै सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढौँ’

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट बनाउँदै समाजवादको सुन्दर भविष्य तिर दृढतापूर्वक अघि बढाउनु पर्ने बताएका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले शान्तिपूर्ण जनक्रान्तिले सदियौँदेखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।

उनले भनेका छन् ‘२०६२-०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौँदेखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनक्रान्तिकै बलबाट हामीले मौलिक अधिकार, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाको प्रबन्ध, समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौँ ।’

पूर्वप्रधानमन्त्री खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत व्यक्त गरेका छन् । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्न सक्ने उनको भनाइ छ । 
 

ताजा खबर

सम्बन्धित खबर