२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै एमाले

मध्यान्ह
२०८२ जेठ १५ गते १०:०१
गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै एमाले

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदैछ ।

एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन लागेको हो ।

उक्त पार्टीले आज बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाँकीसहित र्‍याली भृकुटीमण्डपमा पुगेर उत्सवमा सहभागी हुनेछ ।

यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुनुहुने प्रचार विभाग प्रमुख गौतमले बताए । 
 

ADV

सम्बन्धित खबर