२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

३ विद्यार्थी, ३ शिक्षक-कर्मचारीको स्कूल

मध्यान्ह
२०८२ जेठ १५ गते १०:५३
३ विद्यार्थी, ३ शिक्षक-कर्मचारीको स्कूल

म्याग्दी : अन्नपूर्ण गाउँपालिका-५, स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन्-कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना ।

प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक स्थायी शिक्षक, एक निजी स्रोतका शिक्षक र एक कार्यालय सहयोगी छन् । “तीन वर्षदेखि नयाँ विद्यार्थी आएका छैनन्,” उनले भने, “भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ मा कोही छैनन् ।”

स्वाँत गाउँमा ७० घर भए पनि हाल केही परिवार मात्र बस्छन् । अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले विद्यार्थी कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको बताए । छिमेकी किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम रहेको उनले जानकारी दिए ।

ADV

सम्बन्धित खबर