काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथि आर्थिक चलखेलको आधारमा सीमित स्वास्थ्य संस्थालाई मात्रै वैदेशिक रोजगारमा जाने कामदारको कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने अनुमति दिएको आरोप लागेको छ । केही दिनअघि सिनामंगलस्थित एक निजी क्लिनिकले स्वाब नै नलिई कोरोना भाइरस नेगेटिभ रहेको रिपोर्ट दिएको सार्वजनिक भएको थियोे ।
त्यसलगत्तै मन्त्रालयले प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका पाँचवटा अस्पताललाई मात्र अनुमति दिएपछि निजी क्षेत्रका अन्य स्वास्थ्य संस्थाले आपत्ति जनाएका हुन् । जसले कानून उल्लंघन गरेर बदमासी ग¥यो त्यसलाई दण्डित गर्नुपर्नेमा सबैलाई बद्नाम हुने गरी प्रतिबन्ध लगाउन नहुने उनीहरुको भनाइ छ ।
सरकारले सबै सरकारी प्रयोगशालाहरुका साथै युनिभर्सल कलेज अफ मेडिकल साइसेन्स एन्ड टिचिङ हस्पिटल, ह्याम्स हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटललाई मात्रै वैदेशिक रोजगारीमा जानेहरूको पीसीआर परीक्षक्ष्ण गर्ने अनुमति दिएको छ । मन्त्रालयको यो निर्णयपछि वैदेशिक रोजगारमा जाने कामदारको स्वाब परीक्षण गर्न सूचीकरण भएका स्वास्थ्य संस्थाले आपत्ति जनाएका हुन् ।
सीमित संस्थालाई मात्र अनुमानि दिने सरकारी निर्णयले कामदारले समयमा रिपोर्ट नपाउने र लागत पनि बढ्ने बताइएको छ । वैदेशिक रोजगारमा जाने कामदारको कोरोना परीक्षण हाल एक हजार पाँच सय रूपैयाँमा हुने गरेको छ ।
सीमित स्वास्थ्य संस्थाले गर्दा मूल्य बढाएका छन् । उनीहरूले २ हजारदेखि पच्चीस सयसम्म लिन थालेको बताइएको छ । फ्रि भिसा फ्रि टिकटमा विदेश जाने कामदारलाई महँगो शुल्क असुल्न नहुने अधिकारकर्मीहरूको भनाइ छ ।
अनुमति पाएका सबै प्रयोगशालाले रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड देखिने तथा अनिवार्य आईएमयू अनलाइन प्रणालीबाट अद्यवाधिक हुने भन्दै मुल्य बढाउने आधार बनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies