२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

तारकेश्वरमा बृहत् रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर

सुशान्त न्यौपाने
२०८२ जेठ १५ गते २०:५५
तारकेश्वरमा बृहत् रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा तारकेश्वर ९ शुभकामना चोकस्थित शुभकामना स्कुलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । त्यस्तै २९५ जनाको आँखा परीक्षण गरेका छन् भने करिब ३ सय जनाले दाँत परीक्षण गरेका छन् । 

कार्यक्रममा ४२ जनाको सुगर परीक्षण गरिएको थियो भने २  सय जनाको ब्लड प्रेसर परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल कुमार ढकालले जानकारी दिए । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एल का २०२५÷२६ का इलेक्टेट फस्ट भाइस ड्रिष्ट्रिक गभर्नर तारा भुषालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रमुख अतिथि भुषालले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ र शुभकामना स्कुलको संयुक्त प्रयासमा गरिएको कार्यक्रममा ६ सय भन्दा बढीले सहभागिता जनाएका थिए । 

कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्यूजन सेन्टरले रगत संकलन कार्य गरेको थियो । आँखा, दाँत र सुगर परीक्षणका लागि गोरखकाली क्लीनिकको सहयोगमा पिपल डेन्टल होमका डा. प्रकृति गिरी, डा.राजेश साह, सिडीएस जीतबहादुर तामाङले दन्त परीक्षण गरेका थिए । दिव्यज्योती आइ केयरका बि.अप्टम अनुजा ढकालले आँखा परीक्षण गरेका थिए ।

कार्यक्रममा स्थानीयबासी र विद्यालयका अभिभावकहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भका अध्यक्ष सुशान्त न्यौपानले बताए ।  

न्यौपानलेले शुभकामना स्कुलको टिमले गरेको सक्रियताप्रति सँधै सम्मान गर्ने बताए । 

विगतमा पनि शुभकामना स्कुलले लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसँग जोडिएर सामुदायिक विद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

यस विद्यालयले हरेक वर्ष स्वास्थ्य परिक्षण तथा आँखा शिविर आफैँ गर्दै आएपनि यस वर्ष लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भसँगको सहकार्यमा सम्पन्न गरेको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यालय आफैंले गरेको छ ।

ADV

सम्बन्धित खबर