बि. एन. आचार्य/मध्यान्ह
दक्षिण कोरिया : दक्षिण कोरियाको न्याय मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक आईसिसी प्रतिनिधि एवं व्यवसायी विनोद कुँवर लगायत विभिन्न राष्ट्रका प्रतिनिधिसँग छलफल गरेको छ।
कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका विभिन्न विशिष्ट कर्मचारीहरु एंव नेपाल, पाकिस्तान, बंगालदेश, टर्कि लगायत विभिन्न राष्टका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै न्याय मन्त्री पार्क वोम क्यू ले कोरोना नियन्त्रण तथा रोकथामका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न मिडियामा सुचना तथा मोबाइलमै अलर्ट दिने जस्ता सूचना दिइएको जानकारी दिए । उनले विभिन्न राष्ट्रका प्रतिनिधिहरुलाई बोलाई कार्यक्रममा गर्नुको उद्देश्य माहामारी नियन्त्रणमा सबैको सहभागिता र अपनत्व रहोस् भन्ने रहेको बताए । उनले माहामारी नियन्त्रणको लागि प्रभावकारीरूपमा सबैले आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत गरे ।
कार्यक्रममा विशेष गरी कोरोना नियन्त्रण तथा सावधानी, विदेशीहरूको भिसागत समस्या, कोरोना नियन्त्रणमा सहकार्य एवं निःशुल्क उपचार, बिना भेदभाव निःशुल्क भ्याक्सिनको उपलब्धता लगायत विभिन्न समसामयिक समस्याहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिरूले आ-आफ्नो धारणा राखेका थिए ।
यसै क्रममा नेपालको तर्फबाट विनोद कुँवरले विदेशी नागरीकहरलाई बिना भेदभाव कोरोनाको खोप उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीहरुलाई निःशुल्क उपचार गराउन विशेेष ध्यानाकर्षण गराउँदै विदेशीहरुको भिसागत समस्यालाई पनि गम्भीरताका साथ लिनको लागि अध्यागमन विभागलाई अनुरोध गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies