नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकाको सबै वडामा राष्ट्रिय परिचयपत्र अभियान गरेको छ ।
‘कोही नछुटुन्, कोही नरोकिउन्’ भन्ने नाराका साथ तारकेश्वर गाउँपालिकाले सुरु गरेको राष्ट्रिय परिचयपत्र अभियान एक सातासम्म चलेको हो ।
अभियानअन्तर्गत तारकेश्वर १ मा ८०, २ मा ७२, ३ मा ७६, ४ मा ६५, ५ मा ७० र ६ मा ६८ गरी सात सय ३१ जनालाई राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले बताए ।
उनले सामाजिक सुरक्षा भत्तालगायत अन्य सरकारी तथा बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले अभियानमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएको बताए ।
सोही क्रममा २ हजार पाँच सय ४२ जनालाई सामाजिक सुरक्षा भत्ता बापतको रकमसमेत प्रदान गरिएको छ ।