२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

अफताब आलमलाई मस्तिष्कघात

मध्यान्ह
२०८२ जेठ १६ गते १९:२५
अफताब आलमलाई मस्तिष्कघात

काठमाडौं : नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बुधबारमात्रै जेलमुक्त भएका आलमलाई आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०:३० बजे काठमाडौंको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएका थिए ।

रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए । 

जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो ।

ADV

सम्बन्धित खबर