२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जिल्ला समन्वय समिति रौतहटका प्रमुख यादवले सम्हाले जिम्मेवारी

Nada
कृष्ण तिवारी
२०८२ जेठ १६ गते २०:३७
Shares
जिल्ला समन्वय समिति रौतहटका प्रमुख यादवले सम्हाले जिम्मेवारी

रौतहट : रौतहट जिल्ला समन्वय समितिका कार्यालय प्रमुखको जिम्मेवारी उपसचिव अमित यादवले सम्हालेका छन् । यादवले  शुक्रबार  जिल्ला समन्वय समितिको कार्यालयमा हाजिर भइ कार्यभार सम्हालेका हुन् । यादवलाई जिल्ला समन्वय समितिका  जनप्रतिनिधिहरुले स्वागत गरेका थिए । 

ncell

समन्वय समिति कार्यालयको सभाहलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति  कार्यालय प्रमुखको जिम्मेवारी पाएका यादवलाई  रौतहट जिल्ला समन्वय समिति प्रमुख राम अयोध्या यादव, जिल्ला समन्वय समिति उपप्रमुख  महेश  बैठा,  प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, सबै  समन्वय समिति सदस्यसहितका जनप्रतिनिधि र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए । 

स्वागत तथा सम्मान कार्यक्रममा समन्वय समिति प्रमुख  यादव, उपप्रमुख  बैठा, प्रमुख जिल्ला अधिकारी  बिनोद कुमार  खड्काले  उपसचिव यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै उपसचिव  यादवले आफू सबै जनप्रतिनिधि,कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी जिल्लाको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर