२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

हङकङमा नेपाल–चीन सम्बन्धबारे छलफल

shivam cement
२०८२ जेठ १७ गते ०६:३५
Shares
हङकङमा नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं : हङकङ भ्रमणमा रहेही परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् ।

चिनियाँ विदेशमन्त्री यीको निमन्त्रणामा ‘मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धि’मा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हङकङमा रहेकी परराष्ट्रमन्त्री डा. राणाले शुक्रबार चिनियाँ समकक्षीसँग भेटवार्ता गरेकी हुन् ।

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा शुक्रबार महासन्धीमा हस्ताक्षर समारोहको आयोजना भएको छ । समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी भएपनि आयोजकले नेपाललाई उच्च महत्व दिएको छ ।

चिनियाँ समकक्षीसँग भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयमा छलफल भएको छ ।

राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको उनले बताइन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहिआएको दोहो¥याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने प्रष्ट्याइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत डिसेम्बरको भ्रमणको क्रममा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयका बारेमा पनि कुराकानी भएको थियो ।

मन्त्री डा. राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पु¥याउँदै आएको सहयोग र समन्वयको सराहना गरिन् ।

साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवम् प्रत्यक्ष वैदेशिक लगानी लगायतका विविध क्षेत्रहरूमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री डा. राणाले बताइन् ।

यस वर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेकाले यसै अवसरमा नेपालको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई मन्त्री डा. राणाले निमन्त्रणा पनि दिइन् । दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइएकाले यस वर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि मन्त्री डा. राणाले त्यस भेटका क्रममा बताइन् ।

ताजा खबर

सम्बन्धित खबर