२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

सम्पदा संरक्षणमा मिडियाकाे भूमिका महत्वपूर्ण हुन्छ : सासंद केसी

मध्यान्ह
२०८२ जेठ १६ गते २१:५५
सम्पदा संरक्षणमा मिडियाकाे भूमिका महत्वपूर्ण हुन्छ : सासंद केसी

काठमाडौं : प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया र संघसस्थाले निर्वाह गर्दै आइरहेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

मिसन मिडिया क्लबले आयोजना गरेको सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, संघसस्थाको भूमिका विषयक छलफलमा सासंद केसीले मुर्त वा अर्मृत सम्पदासँगै विविधतासहितको संस्कृति र रितिरिवाज आफैंमा बहुआयामिक रहको बताए ।

सबै किसिमका सम्पदा अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्य सहितको पुस्तान्तरण आवश्यक रहेको उनकाे भनाई छ ।

उनले उद्घोषण तालिमका दुई दर्जन प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र समेत वितरण गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लवे दिएको पहलकद्मी निकै सकारात्मक रहको बताए । दाहालले मिडियाले सम्पदा संरक्षणको लागि मिसनै प्रारुपमा अभियान शुरु गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्नु आवश्यक रहको बताए । 

काठमाडौं महानगरपालिका अन्तर्गत हनुमानढोका दर क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर वडा न. १९ र विपद पत्रकारिता सञ्जालको समन्वयनमा भएकाे हाे । कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको सरक्षण संगै पर्यटन पर्यटन प्रवर्द्धनकालागि लिएको चासो निकै अर्थपूर्ण रहेको बताए । 

क्लबका अध्यक्ष श्रीजन झाले सम्पदा हाम्रो पहिचान र पर्यटनकाे संभावना भएकाले यसको संरक्षण गर्न मिडियाले प्रयास गर्नु पर्ने बताए ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्यद्वय तेवेन्द्र शाक्य, प्राडा अमिता प्रधान ,वरिष्ठ कलाकार शिवहरी नेपाल उद्घोषण विधाका प्रशिक्षक नरेश मल्ल , तालिमका प्रशिक्षार्थी एव् नेपाल औषधि थोक व्ययवसायी संघका अध्यक्ष गणेश नेपाल ६७ वर्षिय प्रशिक्षार्थी ६७ वर्षिय बालमुकुन्द मूल्मी, काठमाडौं महानगर वडा नं. १९ की सदस्य रञ्जिता परियार लगायतले सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा सबैले हातेमालाे गर्नुपर्ने विचार राखेका छन् ।

ADV

सम्बन्धित खबर